सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढ्यो


 


काठमाडौं, भदौ २८
नेपाली बजारमा आज फेरि सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढेको छ। आज सुन प्रतितोला ५७ हजार एक सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला सात सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

प्रकाशित मिति: २८ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्