गजल


 


विवश खड्का

बिरक्तीमा दिनहरु,विताउनु पो कठिन
सम्झिएर अहोरात्री, कटाउनु पो कठिन

     तिम्रा सुखका पहलहरु, मेरो दुःखी क्षणमा
समेटेर एकै ठाउँमा, मिसाउनु पो कठिन

 रोएँ आँशु सकिएनन्, मुहान पनि अति
जिन्दगीभर पुग्ने गरि, रित्याउनु पो कठिन

          कम्पन हुन्छ आत्मा, सताउँदा तिम्रो यादले
व्युझेर मध्यरातमा, चिच्याउनु पो कठिन

          मुस्कुराउन सहज हुन्छ, अञ्जानसंग पनि
आत्मीयता ठानी मैले, रिसाउनु पो कठिन

 

प्रकाशित मिति: २८ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्