हतुवागढी गाउँपालिकाको बजेट २७ करोड ४३ लाख


 


भोजपुर, भदौ २८
हतुवागढी गाउँपालिकाले चालु आर्थिक वर्षको २०७४/०७५ का लागि २७ करोड ४३ लाख ६३ हजार ६ सय ७५ रुपैया वजेट विनियोजन गरेको छ ।

सोमबार वसेको प्रथम गाउँ सभाले वितिय समानीकरण, शसर्त अनुदान, आन्तरिक आय, गत वर्षको आय गरि सो वरावरको रकम विनियोजन गरेको हो ।

जसमा पुँजीगत तर्फ १३ करोड ७७ लाख ७५ हजार ६ सय ७५ र चालु तर्फ ४ करोड ७२ लाख ३४ हजार वजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले पूर्वाधार विकासलाई पहिलो प्राथामीकतामा राखेर ३५. ८० प्रतिशत, रकम विनियोजन गरेको छ ।

त्यस्तै साामाजिक विकासमा ३१.३५ प्रतिशत, संस्थागत विकास तर्फ १७.९४ प्रतिशत, आर्थिक विकास तर्फ ११.८४ प्रथिशत र वातावरण तथा विपत व्यवस्थापनमा ३.०७ प्रतिशत रकम विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राईले जानकारी दिए ।

प्रकाशित मिति: २८ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्