डीआईजी नवराज सिलवालको रिट खारेज


 


काठमाडौं, भदौ २७
सर्वोच्च अदालतले डीआईजी नवराज सिलवालले कार्यसम्पादनका आधारमा नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति गर्नुपर्ने माग गर्दे सर्वोच्च अदालतमा दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

डिआइजी नवराज सिलवालले आफूलाई प्रहरी महानिरीक्षक बनाउन दायर गरेको रिट सर्वोच्च अदालतको बृहद् पूर्ण इजलासले आज खारेज गरेको हो ।

यो सँगै सरकारको प्रकाश अर्याललाई आइजी बनाउने निर्णय सदर भएको छ । आजको फैसलामा अर्यालको कार्यसम्पादन मूल्याङ्कन नम्बर ५४.२ रहेको उल्लेख छ भने सिलवालको ५२.४ मात्र छ।

प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ सदस्यीय बृहत् पूर्ण इजलासमा मुद्दाको सुनुवाइ भएको थियो। पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदा प्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी बृहत् पूर्ण इजलासमा सदस्य थिए।

सरकारले गत चैत २८ गते प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्ति गरेको थियो ।

प्रकाशित मिति: २७ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्