दुई दर्जन बढी सचिव र सहसचिव विदेश भ्रमणमा, आयोगको दोहोरो चरित्र


 



काठमाडौं, भदौ २७

निर्वाचन आयोगले दुई दर्जन बढी उच्च अधिकारीहरुलाई एकैपटक विदेश भ्रमणको सहमती दिएको छ ।

एउटा सेमिनारमा भाग लिन दशैंको मुखमा एकैपटक १० जना सचिव र १५ जना सहसचिव चीन भ्रमणमा निस्किएका हुन् । यसअघि सरकारी अधिकारीहरुलाई विदेश भ्रमणमा अनुमति नदिन सरकारलाई निर्देशन दिएको आयोगले यसपटक आफै अनुमति दिएको छ।

ठूलो संख्यामा १० सचिव र १५ सहसचिवहरु विदेश भ्रमणमा निस्केपछि कतिपय मन्त्रालय तथा विभागको काम प्रभावित भएको छ ।

प्रकाशित मिति: २७ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्