देउवाले गरे पाँचौ पटक मन्त्रिमण्डल विस्तार, राज्यमन्त्रीसहित चार मन्त्री थपिए


 


काठमाडौं, भदौ २५
प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौ पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बाट एक राज्यमन्त्रीसहित चार मन्त्री थप गर्न लागेका हुन् ।

राप्रपाबाट संसदीय दलका नेता दीपक बोहरा, उपनेता विक्रम पाण्डे र सांसद् सुनिलबहादुर थापा मन्त्री बन्ने भएका छन् । जसमा दीपक बोहोरा विज्ञान तथा प्रविधि, विक्रम पाण्डे वन तथा भू संरक्षण, सुनिल थापा उद्योग तथा रेशम लामा उद्योग राज्यमन्त्रीमा नियुक्त हुने बताइएकाे छ । मन्त्रीको सपथग्रहण भने सोमबार गरिने जनाइएको छ ।

त्यस्तै, एक राज्यमन्त्री पनि थपिने छन् । सयससंगै अब मन्त्रिमण्डल ५४ सदस्यी भएको छ । देउवाले जम्बो मन्त्रिमण्डल विस्तार गरेको भन्दै व्यापक आलोचनासमेत भइरहेको छ ।

यसअघि पनि उनले जम्बो मन्त्रिमण्डल बनाएको भनेर आलोचना भएको थियो । यसपटक भने उनले झन अहिलेसम्मकै जम्बो मन्त्रिमण्डल विस्तार गरेका छन् ।

प्रकाशित मिति: २५ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्