सुजाताले भनिन्–शेरबहादुरले सकेनन्, अब विकल्प खोज्नुपर्छ


 


बिराटनगर, भदौ २५
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले सबैलाई मिलाएर लैजान नसकेकाले त्यसको विकल्प खोज्नुपर्ने बताएकी छन् ।

बिराटनगरमा आइतबार विहान प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अब पार्टी हाँक्नका लागि कोइराला परिवार मिल्नुको विकल्प नरहेको बताइन् ।

उनले कोइराला परिवारबाट अहिले राजनीतिमा सक्रिय डा. शेखर कोइराला, शशांक कोइराला र आफूबीच अहिले पार्टी सुदृढीकरण्का लागि एकता भएको बताइन् । उनले यसबाट कसैले तर्सिनु नपर्नेसमेत बताएकी छन् ।

तीन जनाबीच आगामी महाधिवेशमा पार्टीको नेतृत्व गर्ने विषयमा छलफल भइरहेको खुलासा पनि गरेकी छन् । कोइराला परिवारमा विभाजन ल्याउन शक्ति केन्द्र लागिरहेको भएपनि सफल नहुने उनले दाबी गरिन् ।

प्रकाशित मिति: २५ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्