लमजुङ–मनाङ सडकमा २४ वटा बम ब्लाष्ट, जोखिम मोल्दै सर्वसाधारण


 


लमजुङ, भदौ २५
लमजुङ–मनाङ सडकखण्डमा झरेको पहिरो खुलाउन २४ वटा बम ब्लाष्ट गर्दा पनि सडक सुचारु हुन सकेको छैन । पहिरो खसेको सात दिनसम्म पनि एक्साभेटरले हटाउन नसकेपछि शनिबार बम ब्लाष्ट गरिएको हो ।

नेपाली सेनाको श्रीजङ गणको नेतृत्वमा प्राविधिक टोलीले तीन चरणमा २४ वटा बम ब्लाष्ट गर्दा पनि पहिरो हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

उनले अझै ७ वटा जति बम ब्लाष्ट गरेपछि सडक सुचारु गर्न सकिने विश्वास व्यक्त गरे । मुख्य जोखिमपूर्ण भाग खसिसकेको भए पनि सडक सुचारु गर्न अझै दुई दिन लाग्ने उनले बताए । हिरोका कारण मानिस हिँड्ने बाटोसमेत नहुँदा जोखिम मोलेर सर्वसाधारण बाटो काट्न बाध्य भइरहेका छन् ।

मस्र्याङदी गाउँपालिका वडा नम्बर ३ खुदीको अर्खलेमा सात दिनअघि ठूला चट्टानसहितको पहिरो झरेको थियो । एक्साभेटरले पन्छाउन नसकेपछि सानो क्षमताको बम ब्लाष्ट गरिएको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

 

प्रकाशित मिति: २५ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्