दशैंको लागि अग्रीम टिकट बुकिङ खोल्न व्यवसायी तयार


 


काठमाडौं, भदौ २४
दशैं तिहारको लागि आगामी मंगलबारदेखि अग्रीम टिकट बुकिङ खुला हुने भएको छ । यातायात मन्त्री बीरबहादुर बलायको उपस्थितीमा यातायात व्यवसायी लगायत सराकारवालाहरुको बैठकले मंगलबार (२७ गते) देखि अग्रीम टिकट बुकिङ खुला गर्ने सहमती भएको हो ।

व्यवसायीहरुले राखेको भाडादर बृद्धि गर्ने प्रक्रिया सरकारले अगाडि बढाउने तयारी गरेपछि यातायात व्यवसायी टिकट अग्रीम बुकिङ खुला गर्न राजी भएका हुन् ।

यसअघि सरकारले भदौ २२ गते बुकिङ खोल्ने निर्णय गरेपनि विभिन्न माग राखेर व्यवसायीले बुकिङ्ग खुला गर्न मानेका थिएनन् ।
दशैं नजिकिएसंग यात्रु अन्यौलमा परेपछि मन्त्री बलायरले टिकट बुकिङ खुला गर्न व्यवसायीहरुसंग भाडादर बृद्धि गर्ने सम्झौता गरेका हुन् ।

अब २७ गतेबाट नयाँबसपार्क, गौशाला, बालाजु, कोटेश्वर, कलंकी लगायतका स्थानबाट अग्रमी बुकिङ खुला हुने भएको छ । काठमाडौं उपत्यकाबाट दशैं मान्न झण्डै २० देखि २५ लाख यात्रु बाहिरिने अनुमान छ ।

प्रकाशित मिति: २४ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्