नुवाकोटमा बस दुर्घटना : तीनको मृत्यु, २९ जना घाइते


 


नुवाकोट, भदौ २४
काठमाडौँबाट नुवाकोटको खरानीटार जाँदै गरेको बा १ ख ६३४९ नं को बस नुवाकोटको शिवपुरी गाउँपालिका– ७ ठाना भञ्याङमा आज दुर्घटना हुँदा तीन जना महिलाको घटनास्थलमै मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

मृतकको पहिचान खुल्न सकेको छैन् । घाइते अधिकांशको अवस्था गम्भीर रहेको र उपचारको लागि काठमाडौँ पठाइएको छ । दुर्घटना घुम्ती मोड्दा भएकोे र बस सडकबाट ३५० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक मधुकर विष्टले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: २४ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्