काँग्रेस नेता प्रतापराम लोहारको निधन


 


काठमाडौँ, भदौ २४

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका पूर्व आमन्त्रित सदस्य प्रतापराम लोहारको आज साँझ ७४ वर्षको उमेरमा निधन भएको छ ।

विगत केही समयदेखि मधुमेह, मिर्गाैला र उच्च रक्तचापबाट पीडित कञ्चनपुर निवासी उहाँको ललितपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

स्व लोहारले काँग्रेसको संगठनमा निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको सो पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
छ ।

काँग्रेसले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । उहाँका श्रीमती, एक छोरा र चार छोरी हुनुहुन्छ ।

प्रकाशित मिति: २४ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्