मन्त्रीको गाडीले मोटरसाइकलाई ठक्कर दियो, दुई जना घाइते


 


काठमाडौ, भदौ २३
सञ्चारराज्यमन्त्री तप्तबहादुर बिष्ट सवार रहेको गाढीले नयाँ बानेश्वरमा मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

मन्त्री चढेको बा १ झ ७१६३ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक जलबिरेका सहदेव श्रेष्ठ र उनकी सानीआमा अन्जु श्रेष्ठ घाइते भएका छन् ।


उनीहरुको एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ । कोटेश्वर क्षेत्रबाट आइरहेको मन्त्रीको गाडीले ठक्कर दिएपछि मन्त्री केहीछिनपछि गाडी छोडेर भागेका थिए । दुर्घटनापछि मानिसहरुको भीड भएपछि मन्त्रीलाई प्रहरीले नै भगाएको हो ।

प्रकाशित मिति: २३ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्