सुनको मूल्य फेरि बढ्यो, कति पुग्यो आज ?


 


काठमाडौं, भदौ २३
नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । हिजो (विहीबार) मात्रै तीन सय रुपैयाँले घटेको सुनको मूल्यमा आज ६ सय रुपैयाँ बृद्धि हुँदै प्रतितोला ५७ हजार आठ सय पुगेको छ । हिजो सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।


त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा दश रुपैयाँ बृद्धि भएको छ । आज चाँदी प्रतितोला सात सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २३ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्