ट्याक्टर दुर्घटनामा चालकको मृत्यु


 


राजविराज, भदौ २३
सप्तरीको राजविराज नगरपालिका–१५ स्थित खाँडो नदी नजिक ट्याक्टर दुर्घटनामा परी बिहीबार साँझ त्यसका चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजविराज नगरपालिका–१० बिरोल बस्ने २५ वर्षीय पप्पु मण्डल रहेको राजविराज वडा प्रहरी कार्यालयले जनाएको छ । खाँडो नदीबाट स १ त ७२५५ नंको ट्र्याक्टरमा बालुवा लोड गरी मुसहरनिया गाउँतर्फ जानेक्रममा बाटोमा आफँै अनियन्त्रित भई ट्र्याक्टर पल्टिएको थियो ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । रासस

प्रकाशित मिति: २३ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्