प्रदेश नं २ मा एमालेको विजयी सुरुवात


 


काठमााडौं, भदौ २२
असोज २ का लागि तय भएको प्रदेश नं २ अन्र्तगतको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) ले खाता खोल्न सुरु गरेको छ ।

बारा जिल्लाको जितपुर सिमरा उपामहानगरपालिकाको वडा नं २४ मा एमालेले खाता खोलेको हो । यहाँको दलित महिला सदस्यमा आलमती देवि निर्बिरोध निर्वाचित भएकी हुन् ।

बुधबार भएको मनोनयन दर्तामा वडा नं २४ का लागि दलित महिला सदस्यमा आलमतीको मात्र उम्मेदवारी दर्ता भएको थियो ।

प्रदेश नं २ का आठ वटा जिल्लामा हुन लागेको निर्वाचनका लागि सबै दल यतिबेला चुनावी प्रचार प्रसारमा केन्द्रित छन् । मुख्य गरेर यहाँ, कांग्रेस, एमाले, माओवादी र मधेस केन्द्रित दलहरुले प्रतिष्ठाको रुपमा यो निर्वाचनलाई लिएक छन् ।

प्रकाशित मिति: २२ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्