पाँच लाख घुस लिदा लिँदै तीन कर्मचारी पक्राउ


 


काठमाडौँ, भदौ २२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख घुस लिँदै गर्दा तीन कर्मचारीलाई पक्राउ गरेको छ । आयोगबाट खटिएको टोलीले नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी ट्याम्पो एकाइका प्रमुख विकास ध्वजु, नायब सुब्बा दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई आज बिहान पक्राउ गरेको हो ।

आयोगको टोलीले भक्तपुरको सल्लाघारीस्थित युनिभर्सल तन्दुरी क्याफेमा पाँच लाख घुस लिँदै गर्दा नियन्त्रणमा लिएकोे आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेले ४५० वटा ट्याक्सीलाई गुणस्तरयुक्त छ भनेर प्रतिट्याक्सी एक हजार ५०० दरले छ लाख ७५ हजार मागेका थिए । तर बार्गेनिङ गर्दा रु पाँच लाखमात्र लिने शर्तमा घुस लिँदै गर्दा घुस रकमसहित पक्राउ गरिएको हो ।

प्रकाशित मिति: २२ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्