सुनको भाउ तीन सय रुपैयाँ सस्तियो


 


काठमाडौं, भदौ २२
केही दिनदेखि बढ्दै गएको सुनको मूल्य आज भने तोलामा तीन सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला ५७ हजार तीन सय रुपैयाँ पुगेको छ । हिजो सुन ५७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।


त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ सस्तीएको छ । आज चाँदी प्रतितोला सात सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २२ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्