कारको ठक्करबाट स्कुटरमा सवार दुईको मृत्यु


 


नवलपरासी, भदौ २२

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनवल नगरपालिका–७ ज्यामीरे जंगलमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

बुधबार साँझ पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ च ६१७६ नम्बरको सामान बोक्ने पिकअप भ्यानले विपरीत दिशाबाट जाँदै गरेको लु १४ प ५७०८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी स्कुटरमा सवार नवलपरासी सुनवल–७ बस्ने वर्ष ३५ का देवबहादुर नेपाली र सीता नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परी घाइते भएकी सीता नेपालीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हाे ।

 

प्रकाशित मिति: २२ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्