चाडपर्वको मुखमा यातायात व्यवसायीको सौदाबाजी


 



काठमाडौं, भदौ २२

दशैं सुरु हुन दुई साता मात्र बाँकी हुँदासमेत उपत्यकाबाट बाहिरिने यात्रुका लागि खोलिने अग्रीम टिकट बुकिङ यस बर्ष पनि खुल्न सकेको छैन ।

व्यवसायीले आफ्नो माग सम्बोधन गर्न सरकारसँग सौदाबाजी गर्दा त्यसको प्रत्यक्ष मार उपत्यकाबाट बाहिरिने लाखौं यात्रुमा पर्ने देखिएको छ । आजको कारोबारमा खबर छ ।

एक साताअघि यातायात व्यवस्था विभागमा भएको छलफलमा केही माग सम्बोधन भए बिहीबार (आज) देखि बुकिङ खुल्ला गर्न राजी भएका व्यवसायीले सरकारसँग सौदाबाजी गरेका छन् ।

विभागले आफ्नो कुनै पनि माग पुरा नगरेको भन्दै निर्धा्रित समयमा बुकिङ तयारी नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । सरकारले दुर्घटना बढाएको भन्दै हटाएका बसको छत पुनः राख्न पाउनुपर्ने व्यवसायीको प्रमुख शर्त छ ।

प्रकाशित मिति: २२ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्