८८ किलो सुन तस्करीको पहिचान हुँदै, थप दुई जना पक्राउ


 


काठमाडौं, भदौ २२
८८ केजी सुन तस्करीमा संलग्नहरुको पहिचान गर्ने क्रममा थप दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले रसुवागढीबाट दिलीप खड्का र स्याफ्रुबाट दाम्पा तामाङलाई पक्राउ गरेको हो । आजको कान्तिपुरमा खबर छ ।

मंगलबार काठमाडौं ल्याईएका दुवै जनाले सुन बोकेर आएको गाडीलाई केरुङ नाका कटाउन र वारि ल्याउन सहयोग गरेको खुलेको छ ।

खड्का र तामाङले सुन तस्करी गरेको गाडीलाई केरुङ नाकापारि सुन लोड गर्ने ठाउँसम्मै पुर्याएका थिए कि थिएनन् भन्नेमा प्रहरीको अनुसन्धान केन्द्रित छ ।

प्रकाशित मिति: २२ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्