पूर्वमन्त्रीदेखि २१ केन्द्रीय नेता मेयरका उम्मेदवार


 


काठमाडौं, भदौ २२
प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि पार्टीका केन्द्रीय नेतादेखि पूर्वमन्त्रीसम्मका नेताहरु स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

राजविराज नगरपालिकामा पूर्वसहायकमन्त्री अनिस अन्सारी माओवादीबाट मेयरका उम्मेदवार बनेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा)का वरिष्ठ उपाध्यक्ष नवलकिशोर साहका छोरा शैलेश हनुमाननगर–कंकालिनी नगरपालिकाको मेयरको उम्मेदवार बनेका छन्।

त्यस्तै, विभिन्न दलका २१ केन्द्रीय नेता स्थानीय निर्वाचनमा उम्मेदवार बनेका छन् । धनुषामा मात्रै विभिन्न दलका सात केन्द्रीय नेताले उम्मेदवारी दिएका छन् । ठूला दलमध्ये माओवादी केन्द्रका धेरै केन्द्रीय नेता उम्मेदवार बनेका छन् । कांग्रेसका पूर्वसांसद अजय द्विवेदी वीरगन्ज महानगरको प्रमुखका उम्मेदवार छन् ।

 

प्रकाशित मिति: २२ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्