सुनको मूल्य बढ्दै, तोलामा थप दुई सय रुपैयाँ बृद्धि


 


काठमाडौं, भदौ २१
केही दिनदेखि सुनको मूल्य निरन्तर बढिरहेको छ । आज पनि थप दुई सय रुपैयाँ बृद्धि हुँदै प्रतितोला ५७ हजार पाँच सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य एक हप्ताको अन्तरालमा एक हजार रुपैयाँ बृद्धि भएको छ ।

चाँदीको मूल्य आज भने स्थिर छ । आज पनि चाँदी प्रतितोला सात सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्