प्रदेश नम्बर २ मा आज उम्मेदवारी दर्ता, सुरक्षा व्यवस्था कडा


 


काठमाडौं, भदौ २१
प्रदेश नम्बर २ मा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि आज (बुधबार) उम्मेदवारी दर्ता गरिँदैछ । यससंगै आजदेखि मधेशमा निर्वाचन प्रक्रिया सुरु भएको छ ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म स्थानीय तह निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको व्यवस्था मिलाइएको छ । उम्मेदवारी दर्ता प्रक्रिया शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसअघिका निर्वाचनहरु बहिस्कार गरेर बाहिरै बसेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पनि यो निर्वाचनमा सहभागी भएकाले उम्मेदवारी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

निर्वाचन आयोगले राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई उत्साहपूर्ण रुपमा विभिन्न पदमा उम्मेदवारी दर्ता गर्न आग्रह गरेको छ ।

प्रदेश नं. २ का १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाँउपालिका गरी १ सय ३६ स्थानीय तहमा ६ हजार ६ सय २७ जनप्रतिनिधी निर्वाचित हुनेछन् । निर्वाचनका लागि ३१ हजार ५० सय कर्मचारी परिचालन हुने आयोगले जनाएको छ । ३ हजार ५ सय ७८ मतदान केन्द्र तय गरिएको पनि आयोगले जनाएको छ ।

प्रदेश नं. २ का ८ जिल्लामा हुन लागेको तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा आयोगले ४४ वटा संस्थाका करिब २ हजारभन्दा बढी पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ ।

प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्