गजल


 


विवश खड्का “सीम”

गजल

विगत जस्तो रमणीय हाल अाउने भए
अाँशुहरु सजावटको ताल अाउने भए

मनको तृष्णा पुरा हुन्थ्यो भाग्यमानी पनि
एकै दिनमा मर्ने हाम्रो काल अाउने भए

सुषुप्त नयन देख्थ्यो होला सारा जगतलाई
सागर सरि यो मनमा छाल अाउने भए

मेरो पनि अोठमा अल्प हाँसो सुहाउँथ्यो कि
तिम्रा जस्ता उमंगका साल अाउने भए

जिन्दगी नै बन्धनकारी राख्थे होला सानु
प्रीतिलाई किन्न मिल्ने जाल अाउने भए

प्रकाशित मिति: २० भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्