७१ जनालाई अलपत्र पार्ने ५१ जना मानवतस्करको सूची सार्वजनिक


 



काठमाडौं, भदौ २०
आकर्षक तलब र राम्रो काम लगाइदिने आश्वसन बाँडेर ७१ जना नेपाली युवा युवतीलाई युएइमा अलपत्र पार्ने ५१ जना मानवतस्करको सूची सार्वजनिक गरिएको छ ।

संयुक्त अरब इमिरेट्स युएइस्थित नेपाली राजदूतावासले अलपत्र परेकाहरुलाई स्वदेश फर्काउँदै उनीहरुलाई अलपत्र पार्ने ५१ जना मानवतस्करको सूची सार्वजनिक गरेको हो । आजको अन्नपूर्णमा खबर छ ।

दूतावासले अलपत्र परेका ७१जना नेपालीको उद्धार गरिएको जनाएको छ । सोमबार नेपाली दूतावासको पहलमा ३३ जना महिला र ३८ जना पुरूषसहित ७१ जना नेपालीको उद्धार गरिएको हो। संयुक्त अरब इमिरेट्स युएइमा पर्यटक भिसा मार्फत जागिर लगाइदिने भन्दै मोटो रकम ठग्‍ने तस्करहरुको नाम नेपाली राजदूतावास अबुधावी, युएइले सार्वजनिक गरेको छ। सोमबार दूतावासले विज्ञप्ति जारी गर्दै ५१ जना दलालरतस्करहरुको नाम सार्वजनिक गरेको हो।

दूतावासका अनुसार नेपालीहरुलाई ठग्‍ने दलालहरु राजिव मल्ल, केशव शिवाकोटी, रेणु शिवाकोटी शाह तेली, इश्वर श्रेष्ठ, टंक सुवेदी, क्यापिटल रिक्रुटमेन्ट सर्भिसेस लि., सुनिता थापा, राकेश खडायत, कुवेर रानाभाट, विवेक श्रेष्ठ÷सुभाष श्रेष्ठ (अन्नपूर्ण ट्राभल, नेपाल), हरिशरण दास, पुष्कर कार्की, देवेन्द्र गौतम, भक्तिराम कोइराला, राजकुमार लामा, भीमबहादुर सुनार, रामकृष्ण थापामगर÷रामेश कुँवर–धादिङ्ग, प्रविण नरसिंह राना छन् ।

त्यसैगरि, पिताम्बर पराजुली, प्रजिल पराजुली, साजन पाण्डे, प्रताप लिम्बु, इसराफुल शाह, उम–अल–क्विन, लक्ष्मण परियार, रोजन (सुब्बा) मगर, नर बहादुर (निसान) घले, सोनाम लामालगायत रहेका छन्। उनीहरुलाई दूतावासले खोजरी गरी कारबाही गर्ने विज्ञप्ति मार्पत जनाएको छ।

उद्दार गरिएका महिलाहरूमा सुन्धारादेवी–४, नुवाकोटकी, सविता तामाङ, कुमरोज–२, चितवनकी कुमारी गुरूङ्ग माडी–४, चितवनकै मञ्जु नेपाली, दमक–११, झापाकी अनु माझी, तुल्सीपुर–५, दाङकी मीना विक, इचंगु–१, सिन्धुपाल्चोककी विमला तामाङ, चुलाचुली–७, इलामकी सविना लिम्बु, मार्मिक–४, सिन्धुपाल्चोककी डोमा तामाङ्ग मार्मिक–४, सिन्धुपाल्चोककी डोमा तामाङ्ग, गागलफेदी–१ की सुकुमाला लामा लगायत रहेकी छिन्।

यस्तै दुतावासले उद्दार गरी नेपाल फिर्ता पठाइएका पुरूषहरूमा रामकाजी कुंवर, योगेन खड्की, अनिश खड्की नारायण श्रेष्ठ, प्रिन्स श्रेष्ठ, गोकर्ण बस्नेत, इश्वर बस्नेत, राजेन्द्र श्रेष्ठ, राजकुमार श्रेष्ठ, धनलाल तिमल्सिना, विष्णुप्रसाद रेग्मी, राजेन्द्र अधिकारी, शिव नेपाली, कुलबहादुर केसी, लोकबहादुर डाँगी, विनोद नेपाली, प्रेमप्रकाश केसी, सुरेन्द्रप्रकाश चन्द, कनार गुरूङ्ग, मुकेश घले, तेजबहादुर गुरूङ्ग, अर्जुन नेगी, रोशन प्रसाद श्रेष्ठ, राजकुमार श्रेष्ठ, चन्द्रबहादुर डाँगी, नेत्र रावत, सुरेन्द्र प्रकाश चन्द, पूर्णबहादुर पुन, पदमलाल वली, पूर्ण राजवंशी, सुरेश चौधरी, वसन्तराज खत्री, विरेन्द्र घिसिङ्ग, जीवन घिसिङ्ग, सागर लिम्बु, सुरेन्द्र केसी, सन्देश तिमल्सिना र ना प्र. दाहाल रहेका छन्।

 

प्रकाशित मिति: २० भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्