अझै बढ्यो सुनको मूल्य


 



काठमाडौं, भदौ १९
केही दिनदेखि उकालो लागेको सुनको मूल्य आज थप माथि चढेको छ । आज सुनमा थप दुई सय रुपैयाँ बृद्धि हुँदै प्रतितोला ५७ हजार रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीमा पाँच रुपैयाँ वृद्धि हुँदै प्रतितोला सात सय ८५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला सात सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १९ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्