काठमाडौंमा ८८ किलो सुन सहित एक जना पक्राउ, कसले ल्यायो यति धेरै सुन ?


 


काठमाडौं, भदौ १९
काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो ।

सोमबार बिहान चालक आएर गाडी स्टार्ट गर्नासाथ प्रहरी पुगेर सुन सहित चालकलाई नियन्त्रणमा लिएको हो । स्ट्रोेम जीपबाट ८८ किलो सुन बरामद गर्नुका साथै गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय प्रहरी प्रमुख जयबहादुर चन्दले बताए ।

नेपालमा यतिधेरै सुन बरामद भएको पहिलोपटक हो । यति धेरै सुन कसको हो ? भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: १९ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्