निगम जग्गा खरिद प्रकरण : कारबाही गर्न किन अालटाल गर्दैछन् मन्त्री ?


 



काठमााडैं, भदौ १९
संसद्को सार्वजनिक लेखा समितिले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमितता भएको ठहरसहित दोषिमाथि कारबाही सिफारिस गरेको विषयमा आफूलाई जानकारी नभएको भन्दै आपूर्तिमन्त्री शिवकुमार मण्डलले उम्किने प्रयास गरेका छन् ।

मन्त्री मण्डलले शनिवार राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा यस विषयमा आफूलाई सार्वजनिक लेखा समितिको पत्र प्राप्त नभएको बताएका हुन् । आजको नागरिक दैनिकमा खबर छ ।

मन्त्री मण्डलले उम्किन यस्तो बताए पनि लेखा समितिले साउन २२ गते आपूर्ति मन्त्रालयलाई उक्त निर्णय पत्र बुझाएको प्रमाण भेटिएको छ ।

प्रकाशित मिति: १९ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्