भारु ६८ लाख २० हजारसहित दुईजना पक्राउ


 


काठमाडौँ, भदौ १८

बनस्थलीबाट निषेधित भारतीय रुपैयाँ ६८ लाख २० हजारसहित शनिबार पक्राउ परेका दुईजना सो रकमको मालिक नभई भरीयामात्रै रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त, स्वयम्भूले शनिबार गोंगबु बस्ने बाँकेको कोहलपुर नगरपालिकाकी कृष्णकुमारी राई र गोरखाको श्रीनाथ गाउँपालिकाका अर्जुन भण्डारीलाइ सो रकमसहित पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रबिन्द्र धानुकले प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेका दुईजना सो रकमको मालिक नभएको र उनीहरुलाई भरियाको रुपमा मात्रै प्रयोग गरीएको हुनसक्ने देखिएको बताउनुभयो ।

उहाँले रकमका वास्तविक मालिकको खोजी भइरहेको र छिट्टै पक्राउ पर्ने बताउनुभयो । प्रहरीले उनीहरुको साथबाट भारु एकहजार र पाँचसय दरका जम्मा भारु ६८ लाख २० हजार बरामद गरेको थियो ।

प्रकाशित मिति: १८ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्