सुनको भाउ उकालो लाग्दै, कति पुग्यो आज ?


 


काठमाडौं, भदौ १८
नेपाली बजारमा आज पनि सुनको भाउ उकालो लागेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ बृद्धि हुँदै प्रतितोला ५६ हजार आठ सय रुपैयाँ पुगेको छ। हिजो सुन बजारमा ५६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ हिजो मात्रै अघिल्लो दिनको तुलनामा पाँच सय रुपैयाँले बृद्धि थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बृद्धि भएको छ । आज चाँदी प्रतितोला सात सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदी तोलामा सात सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: १८ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्