भोजपर च्याङ्ग्रेली सद्भाव सेवा समाजको अध्यक्षमा उमेशजङ्ग थापा निर्वाचित


 


काठमाडौं, भदौ १८
भोजपुर च्यांग्रेली सद्भाव सेवा समाजको अध्यक्षमा उमेशजंग थापा चयन भएका छन् । शनिबार भएको एक विशेष कार्यक्रमकाबिच यस अघिका दुईवटा संस्थाको एकिकरणपछि थापा समाजको अध्यक्ष बनेका हुन् ।

समाजको १३ सदस्यिय नयाँ कार्यसमिति चयन भएको छ । भोजपुरको साबिक गाविस च्यांग्रे हालको पौवादुङ्मा गाविस वडा नं ३ मा जन्मिएर काठमाडौंमा बसोबास गर्दे आएका च्यांग्रेलीहरुले यो समाजको स्थापना गरेका हुन् ।

यसअघि भोजपुर च्यांग्रे सेवा समाज र भोजपुर च्यांग्रेली सद्भाव सेवा समाज छुट्टाछुट्टै अवस्थामा थिए । एउटै ठाउँका दुईवटा संस्था भएपछि यहाँका स्थानीयबासी पनि दुईतिर विभाजनमा थिए । दुईवटा संस्थालाई एउटै संस्था बनाएर अघि बढ्न च्यांग्रेबासीको आग्रहपछि शनिबार दुईवटा संस्थाको एकिकरण भएको हो ।

संस्थाले बार्षिक साधारणसभाको अवसर पारेर एकिकरण गरेको हो । कार्यक्रममा महिला बालाबालिका तथा समाज कल्याण मन्त्री आशा कोाइरालालको उपस्थिति थियो । गृहमन्त्री जनार्दन शर्मा प्रमुख अतिथीको रुपमा आउने भनिएपनि विशेष कारणबस आउन नपाएपछि कोइराला प्रमुख अतिथीको रुपमा आएकी हुन् ।

कार्यक्रमको उद्घाटन भने पूर्व पर्यटन मन्त्री कृपासुर शेर्पाले गरेका थिए । समाजको उपाध्यक्षमा नरबहादुर खत्री, महासचिव भानुराज (भरत) कोइराला, सचिव अशोक कोइराला र कोषाध्यक्षमा रमादेवी बोहोरा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा पदम विक, लालप्रसाद फुयल, धर्मप्रसाद तिवारी, कालिबहादुर भुजेल, पशुपति खत्री, खेमराज प्रधान, राजन भट्टराई र फडिन्द्र श्रेष्ठ रहेका छन् ।

त्यस्तै समाजको बरिष्ठ सल्लाहकार प्रमुखमा राजेश खड्का चयन भएका छन । सल्लाहकारमा २३ जना चयन भएको समाजले जनाएको छ ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा प्रधानमन्त्री कार्यालयका सचिव राजिव गौतम, नेपाल प्रहरीका डिआइजी पुष्कर कार्की, गायिका कविता आले, जनगायक जिवन शर्मा, आँसु गायक जिवन कँडेल, चर्चित हाँस्यव्यंग्य कलाकार शैलेन्द्र सिम्खडा र रंगकर्मी कृष्णभक्त मर्हजनलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा मन्त्री कोइराला, पूर्वमन्त्री शेर्पाका साथै समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो । ललितपुरको जेम्स स्कुलमा भएको कार्यक्रममा बिहान रक्तदान कार्यक्रमको आयोजना समेत भएको थियो ।

सहयोग सद्भाव र मित्रता–निरन्तर सेवा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ २०७० साल भदौ महिनामा यो समाजको स्थापना भएको हो ।

समाज स्थापना भएपछि भोजपुरको च्यांग्रेमा स्वास्थ्य शिविर तथा एम्बुलेन्स हस्तान्तरण गरेको छ । गत बर्ष पनि समाजले एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।

समाजका आफ्नै सदस्यहरुबाट रकम संकलन तथा देउसी भैलो कार्यक्रम गरेर संकलन भएको रकमबाट गत बर्ष एम्बुलेन्स हस्तान्तरण भएको थियो ।

प्रकाशित मिति: १८ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्