कविता – भ्रूण हत्या गर तर हुर्किएको सन्तानको हत्या नगर
हे धर्ती माता !
बिन्ती छ, कोटी–कोटी
तिम्रो पिडा नदेखाउ
आफू भित्रै लुकाउ
हो,
मलाइ थाहा छ ।
तिम्रो पिडा–प्रसव पिडा हो ।
जुन पिडामा कोही स्थिर रहन सक्दैन ।
गर्भावस्थामा हुर्किएको शिशु
बाहिर आउँदा कति हलुका अभास हुन्छ ।
त्यो अनुभूति आमा भैसकेकालाई मात्र छ ।
तिमी त्यही अनुभूति बटुल्न
पटक–पटक कोशिस गरिरहन्छौं ।
तिम्रो पिडाले–तिम्रो छट्पटाहट्ले
मलाई नि पिडा थपिएको छ,
निमेष भरमै
मेरो सर्वश्व गुम्नेछ
मेरो प्राण पखेरु उड्नेछ ।
त्यसैले धर्ती माता !
बिन्ति छ
तिमीले आफ्नो गर्भको भ्रूण हत्या गर
तर
हुर्किसकेको सन्तानलाई मार्ने काम नगर
के तिमी आफ्नो सन्तानका निम्ति
आफ्नो पिडा लुकाउन सक्दिनौ ?
मानव तिम्रै सृष्टि हो, भन्ने कुरा बिर्सियौ ?
मानव सभ्यतालाई कुल्चेर
पुन सृष्टि गर्न चाहन्छौ ?
मलाइ पुरापुर विश्वास छ ।
तिमीले मानव सभ्यता कुल्चने छैनौ ।
माता तिमीले मानवबाट यो सिक्नु जरुरी छ ।
आनवश्यक भ्रूण गर्भमा आए
मातृत्व त्यागी खेर फाल्न सक्नु पर्छ ।
किनकी त्यो आमाकै लागि समेत खतरा हुन सक्नेछ ।
लाभा ! आखिर तिम्रो अवैध भ्रूण न हो ।
गर्भमा होस या जन्म लियोस
त्यसले तिमी स्वयंलाई पिडामा पिडा नै थप्नेछ
तिमीलाई के थाहा ?
करोडौं मानव भ्रूणहरु आफ्नै आमाद्वारा सहजैै त्यागिन्छन्
फलस्वरुप
न त प्रसव पिडा, न त प्रसुती झमेला
यदि तिमी मेरो पुकार सुन्दिनौ भने
हे धर्ती माता !
मैले तिमीसँग धावा बोल्नैपर्छ ।
तिम्रो गर्भमा आउँने भ्रूण
मानवले नै क्यूरेट गर्नेछन्
त्यो पल तिम्रो वसमा हुनेवाला छैन ।
मानवले चाहे मुताविक
तिम्रो गर्भशायमा
पटक–पटक टेष्ट हुनेछ ।
भ्रूण निष्क्रिया पारिनेछ ।
अनि
तिमीलाई प्रसव वेदनाले छुनेछैन ।
तर
त्यो पल तिम्रो अस्तित्वकै लागि खतरा नि हुन सक्छ ।
तर मानव त्यो खतरा मोल्न तम्तयार छ ।
किनकी,
तिम्रो प्रसव वेदनामा त्राही–त्राही भएर
आफ्नो अस्तित्व मेट्नु पटक्कै चाहँदैन उ ।
सानोदुम्मा–३, भोजपुर
प्रकाशित मिति: ८ श्रावण २०७२, शुक्रबार