बाख्रादेखि मान्छेसम्म खान पल्केको चितुवा पासोमा


 



झापा, भदौ १८
झापाको गौरादह नगरपालिका–९ मा एक महिनादेखि दर्जनौ बाख्रा, कुकुर र मान्छेसमेत खाएको चितुवा पासोमा परेको छ । एक महिनादेखि स्थानीयलाई दुःख दिंदै आएको चितुवा वडा कार्यालयले बनाएको पासोमा आज बिहान पासोमा परेको हो ।

चितुवा आतंकले हैरान बनेका स्थानीयको गुनासोेपछि वडा कार्यालयले स्थानीय संथाल जातीको सहयोगबाट पासो बनाई थापेको वडा अध्यक्ष सिताराम भट्टराईले जानकारी दिए ।

फलामको पत्ति जोडेर बनाइएको सो पासोमा दुई कोठा बनाइएको र एउटा कोठामा बाख्रा राख्ने गरिएको थियो । बाख्रा खान खोरमा परेपछि चितुवा पासोमा परेको हो । सो चितुवाले अहिलेसम्म गाउँका १२ वटा बाख्रा, ३ वटा कुकुर र एउटा बाछो समेत खाईसकेको स्थानीयले बताएका छन् । पासोमा परेको चितुवालाई स्थानीयको सहयोगमा जिल्ला बनकार्यालयलाई बुझाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति: १८ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्