एमालेले टुंग्यायो प्रदेश नं २ का महानगर र उपमहानगरमा उम्मेदवार, को–कोे छन् ?


 


काठमाडौँ, भदौ १७

नेकपा (एमाले) को आजको स्थायी कमिटीको बैठकले आउँदो असोज २ मा हुने प्रदेश नं २ का लागि एक महानगर र दुई उपमहानगरका उम्मेदवार चयन गरेको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्रबाराहीमा बसेको बैठकले वीरगन्ज महानगरपालिकाको प्रमुखमा वसरुद्धिन अन्सारी, उपप्रमुखमा सोफिया आचार्य, कलैया उपमहानगरपालिका प्रमुखमा विनोद साह, उपप्रमुखमा प्रतिमा यादव तथा जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुखमा कृष्ण पौडेल र उपप्रमुखमा सरस्वती चौधरीलाई चयन गरेको हो ।

एमालेका सचिव योगेश भट्टराईका अनुसार सो पार्टीको स्थायी समितिको बैठक आइतबार अपराह्न ४ बजे पार्टी अध्यक्ष ओलीको निवास बालकोटमा पुनः बस्नेछ ।

प्रकाशित मिति: १७ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्