भोलि सार्वजनिक बिदा


 


काठमाडौं, भदौ १७
भोलि (आइतबार) सरकारले सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद (इदुल जोहा) परेकोले सरकारले सार्वजनिक बिदा दिएको हो ।

गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दे आइतबार देशभर बकर ईद पर्वको अवसरमा सार्वजनिक बिदा दिएको उल्लेख गरेको छ । इस्लाम धर्मावलम्बीहरुले यो पर्व धुमधामका साथ मनाउने गर्दछन् ।

प्रकाशित मिति: १७ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्