निगम जग्गा खरिद घोटालामा सांसदलाई पनि धम्की


 


काठमाडौं, भदौ १७

नेपाल आयल निगमको जग्गा खरिदमा भएको घोटाला छानबिन गर्ने सांसदले आफूमाथि ‘सुरक्षा थ्रेट’ भएको बताएका छन्।

घोटालाबाट उम्किन विभिन्न प्रपञ्च रच्दे आएका निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले अरुलाई प्रयोग गरेर छानबिन अघि नबढाउन सांसदलाई नै दबाब दिएर मनोवैज्ञानिक त्रास बढाउन थालेका हुन्। आजको नागरिकमा खबर छ।

यसअघि समाचार लेख्ने पत्रकारलाई धम्की दिएका खड्काले पछिल्लो पटक शक्ति दलाल समूमार्फत दबाब दिएको सांसदले बताए। स्थलगत अध्ययन गरेर राजधानी फर्किएका उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सांसद रामवीर मानन्धरले आफूमाथि सुरक्षा चुनौती थपिएको बताए।

‘निगम घोटालाको छानबिन अघि बढाएपछि सुरक्षा थ्रेट भएको छ,‘उनले भने,‘विभिन्न मान्छेमार्फत फोन गराएर अनावश्यक दबाब आइरहेको छ।’ जति दबाब आए पनि आफू आफ्नो जिम्मेवारीबाट पछि नहट्ने बताए।

प्रकाशित मिति: १७ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्