सुनको भाउ तोलामा पाँच सय रुपयाँ बढ्यो


 



काठमाडौं, भदौ १६
नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढेको छ । आज सुन प्रतितोला ५६ हजार पाँच सय रुपैयाँ पुगेको छ । हिजो बजारमा सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बृद्धि भएको छ । आज चाँदी प्रतितोला सात सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति: १६ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्