माओवादी केन्द्रका सांसद घिसिङले किन दिए राजीनामा ?


 


काठमाडौँ, भदौ १६

नेकपा (माओवादी केन्द्र) का सांसद योगेन्द्र तामाङ घिसिङले सांसद पदबाट बिहिबार राजीनामा दिएका छन् । ललितपुरबाट समानुपातिकमा सांसद् रहेका उनले आफू कुनै पार्टीमा आबद्ध नरहेको उल्लेख गर्दै सभामुखसमक्ष पद परित्याग गरिएको जनाउँदै आफ्नो राजीनामा दिएका हुन्।

केन्द्रका प्रमुख सचेतक रेखा शर्माले संसदीय दलको कार्यालयमा पनि उनले बोधार्थ दिएको जानकारी आएको बतार्इन ।

प्रमुख सचेतक शर्माले घिसिङले स्थानीय निर्वाचनमा पार्टीलाई अन्तरघात गरेका विषयमा पार्टीले कारवाही गरेको र संसद्मा पनि पटक-पटक ह्विप उलङ्घन गरेका विषयमा प्रश्न उठेपछि सांसदबाट पनि हटाउने तयारी भएका सन्दर्भमा उनको राजीनामा आएको हुन सक्ने बतार्इन ।

प्रकाशित मिति: १६ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्