साउदी अरबमा बेपत्ता भएको आठ बर्षपछि भोजपुरका बिचारमानको यसरी भयो उद्धार


 


काठमाडौं, भदौ १६
बेपत्ता भएको आठ बर्षपछि भोजपुरका एक व्यक्तिको उद्धार भएको छ । करिब आठ वर्ष अघि वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका भोजपुरको हतुवागढी गाउँपालिका वडा न. ५ सोया गाउँका प्रदीप राई (बिचारमान राई) को उद्धार भएको हो ।

राईको बेपत्ता अवस्थामा खोटाङको ऐशेलुखर्क गाउँपालिका वडा न. १ घर भई हाल साउदी अरवमा कार्यरत खडग बहादुर राईले उद्धार गरेका हुन् ।

वेपत्ता अवस्थामा विचानमान रार्इ

बेपत्ता भएपछि परिवारसँग सम्पर्क विहिन भएका राईलाई परिवारले समेत आश मारेका थिए । बिचारमान राई रियादको एक फ्याक्ट्री आसपासमा सडकको जिन्दगी बिताइरहेको अवस्थामा खडग बहादुर राईले भेटेका थिए । राईले भेटेर सोधपुछ गर्दा बान्तवा राई थरी भएको बताएका थिए ।

उनको जबरजस्ती एउटा फोटो खिचेर सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेपछि मात्रै बिचारमान राई साउदी अरवमा बेपत्ता अवस्थामा रहेको उनका गाउँले र आफन्तले थाहा पाएका थिए ।

उद्दारमा संल्ग्न खड्गबहादुर रार्इका साथमा विचारमान

खडगबहादुर राईले भेटेको अवस्थामा बिचारमान पुरै मानसिक रुपमा घरपरिवार भुलेको, बोल्न नचाहने, अनुहार लुकाउने अबस्थामा थिए । बिचारमानको यो अबस्था उनका आफन्त युकेमा बसोबास गर्दे आएका राजेन्द्र प्रसाद राईले थाहा पाएपछि फर्काइदिनु खडगबहादुर राईलाई अनुरोध गरेका थिए ।

खडगबहादुर राईले केही साथीहरु पासाङ्ग शेर्पा र बाबुराम राईको सहयोग लिई नेपाली दुतबासमा सहयोगका लागि अनुरोध गरेका थिए ।
बिचारमान नेपाली नागरिक रहेका साथै बेपत्ता भएको नेपाली राजदुतलाई जानकारी गरएका थिए ।

उनलाई नेपाल फिर्ता पठाउन नेपाली राजदुत कहाँ अनुरोध गरेपछि खडग बहादुर राई स्वयमले आवश्यक सम्पूर्ण कानुनी पक्रिया मिलाएर खड्ग नेपाल आएका थिए ।

बिचारमानलाई नेपाल फर्काउनका मिति र हवाइ टिकटको समेत व्यवस्था मिलाई पासाङ्ग शेर्पा र बाबुराम राईलाई जिम्मा दिएका थिए । बिचारमान राई यही भदौ ८ गते बेलुका ९ वजे नेपाल आएका छन् ।

श्रीमतीका साथमा बिचारमान रार्इ

विचारमान त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा आइनपुग्दै उनको उद्धारमा खटिएका खडग बहादुर राई भने धरानवाट त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा पुगी सकेका थिए ।

खडग बहादुर राइले होम्ताङ्ग सरोकार समाज सुनसरीका पदाधिकारी र होम्ताङ्ग सरोकार समाज सुनसरीका पदाधिकारीसँग समन्वय गरी भोजपुरमा रहेकी विचानमानी श्रीमती बोलाएर परिवारको जिम्मा लगाइदिएका छन्

प्रकाशित मिति: १६ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्