कुटनीतिक कर्मचारीले तिर्न बाँकी छ २२ करोड कर


 



काठमाडौं, भदौ १६
विदेशस्थित नेपाली नियोगमा कार्यरत कुटनीतिक कर्मचारीले वैदेशिक भत्तामा लाग्ने कर विगत १० बर्षदेखि सरकारलाई बुझाएका छैनन्।

कुटनीतिक कर्मचारीले सरकारलाई अनिवार्य रुपमा बुझाउनुपर्ने कर बक्यौता २२ करोड रुपैयाँ नाघेको छ। आजको नागरिक दैनिकमा खबर छ।

यो बक्यौताबरे मौन बस्दै पराराष्ट्र मन्त्रालयले २०७४ साउन १ गतेबाट लागू हुने गरी वैदेशिक भत्ताको कर अनिवार्य बुझाउन विदेशस्थित नेपाली नियोगलाई परिपत्र गरेको छ।

परिपत्रमा विगतमा नतिरेको कर के गर्ने भन्ने विषय केही उल्लेख छैन। सरकारले साउन १ गतेबाट वैदेशिक भत्तामा नियोग हेरी १० देखि ३० प्रतिशत वृद्धि गरेपछि परराष्ट्रले यस आर्थिक वर्षबाट कर काट्न परिपत्र जारी गरेको हो।

प्रकाशित मिति: १६ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्