प्रदेश नम्बर २ मा भारतसँग सीमा जोडिएका मतदानस्थल अति संवेदनशील


 



वीरगन्ज, भदौ १६
प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि पर्सा जिल्लामा निर्धारण गरिएका प्राय सबै मतदान स्थललाइ सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएको छ।

आसन्‍न निर्वाचनका लागि पर्सा जिल्लामा एक सय ६७ वटा मतदान स्थल निर्धारिण गरिएको छ।ती मध्ये वीरगन्ज महानगरपालिका क्षेत्रमा रहेका १५ वटा मतदानस्थल बाहेक अरु सबै एक सय ५२ वटा मतदानस्थललाइ संवेदशनशील र अति संवेदनशील मानिएको हो। अाजको अन्नपूर्णमा खबर छ ।

एक सय ६७ मध्ये १५ वटा मतदान स्थललाइ सामान्य , ७९ वटालाइ संवेदनशील र ७३ वटालाई अतिसंवेदनशील मतदान स्थलका रुपमा निर्धारिण गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

भारतसँग सीमा जोडिएका स्थानमा तोकिएका सबै ७३ वटा मतदान स्थललाइ अति संवेदनशील मतदान स्थलका रुपमा विश्लेषण गरिएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा दत्त पौडेलले बताए।

खासगी भारतसँग खुल्ला सीमा जोडिएका सबै ७३ मतदान स्थललाइ अति संवेदनशील मानिएको छ, उनले भने, वीरगन्ज महानगरमा रहेका १५ वटा बाहके अरु सबै ७९ वटा मतदान स्थललाइ भने संवेदनशील क्षेत्रका रुपमा निर्धारण गरिएको छ।

आसन्न चुनावको सुरक्षा चुनौती र संवेदनशीतलतालाइ आधार मानेर जिल्लामा निर्धारण गरिएका मतदान स्थलहरुलाइ सामान्य, संवेदनशील र अति संवेदनशील गरि तीन वटा समुहमा वर्गिकरण गरिएको जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका निमित्त प्रजिअ पौडेलले बताए।

प्रकाशित मिति: १६ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्