नेपालीमाथि भारतीयको दादागिरी कहिलेसम्म ? भारतीय व्यापारीले नेपालीलाई फेरी कुटे


 


कञ्चनपुर, भदौ १५

कैलाली कञ्चनपुरको सीमावर्ती नाका गौरीफण्टामा किनमेलका लागि गएका जीतबहादुर विकमाथि भारतीय व्यापारीले आज कुटपिट गरेका छन् ।

स्थानीयवासी सीता शाहलाई भारतीय व्यापारीले दुव्र्यवहार गर्न थालेपछि बचाउका लागि गएका विकमाथि कुटपिट भएकाले स्थानीयवासीले सीमा नाका ठप्प पारेका छन् ।

घटनाको विरोध गर्दै डोकेबजार र गौरीफण्टा नाकाको यातायात सेवा अनिश्चितकालका लागि स्थानीयवासीले ठप्प पारेको डोकेबजार प्रहरी चौकीका प्रमुख मदनसिंह धामीले बताउनुभयो ।

कुटपिटमा संलग्न भारतीय व्यापारीमाथि स्थानीयवासीले कारबाहीको माग गरेका छन् । विवाद साम्य पार्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय प्रहरी, भारतीय सीमा सुरक्षा बलका अधिकारी र नेपाल–भारतका व्यापारीबीच छलफल भइरहेको छ ।

प्रकाशित मिति: १५ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्