कक्षा १२ को परीक्षाफल प्रकाशित, यसरी हेर्नुहोस् नतिजा


 


काठमाडौं, भदौ १५

गत बैशाख १० गते भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण वोर्डका अनुसार १२ कक्षाको नियमित तर्फ ४८ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

नियमित तर्फ परीक्षामा संलग्न एक लाख ७५ हजार ५ सय ९३ मध्ये ८४ हजार ५ सय ९३ विद्यार्थी उत्तिर्ण भएका छन् । आंशिकतर्फ एक लाख २३ हजार १ सय २१ ले परीक्षा दिएकोमा ४८ हजार ७ सय ३६ जना उत्तिर्ण भएका छन् ।

नेपाल टेलिकमका प्रयोगकर्ताले १६०१ मा फोन गरेर नतिजा हेर्न सक्ने छन् । यस्तै www.neb.gov.np वा www.ntc.net.np बाट पनि नतिजा हेर्न सकिनेछ । राष्ट्रिय परीक्षा बोर्डले विज्ञान संकायको नतिजा भने गत साउन २० गते प्रकाशित गरिसकेको छ ।

प्रकाशित मिति: १५ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्