पद्मश्री पुरस्कार ‘सगरमाथाको गहिराइ’लाई, साधना सम्मान घिमिरे र शर्मालाई


 


चितवन, भदौ १५
यस वर्षको पद्मश्री पुरस्कार नवराज पराजुलीको कविता संग्रह ‘सगरमाथाको गहिराइ’लाई दिइने भएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान चितवनले २०७३ को पद्मश्री पुरस्कार र पद्मश्री साधना सम्मान घोषणा गरेको छ ।

प्रतिष्ठानले यसअघि संकलित पुस्तकमध्ये जनकराज सापकोटाको कहर, कुमार नगरकोटीको घाटमांडू, राज सरगमको छाउघर, नबिन विभासको रोल्पा सुइना र नबराज पराजुलीको सगरमाथाको गहिराइलाई उत्कृस्ट पांच कृतिका रुपमा चयन गरेको थियो ।

यिनै पाँच कृतिमध्येबाट विद्वान मूल्याङ्कनकर्ताहरूको निर्णय बमोमिज सगरमाथाको गहिराइ कबिता संग्रहलाई यस वर्षको पद्मश्री पुरस्कारद्वारा सम्मान गर्ने निर्णय भएको प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले जानकारी दिए । पुरस्कारबापत सर्जकलाई अभिनन्दनसहित प्रमाणपत्र र दुई लाख रुपैंया नगद प्रदान गरिएने छ ।

त्यसै गरी पद्मश्री साधना सम्मान रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई संयुक्त रुपमा अर्पण गर्ने निर्णय भएको छ । लामो समयदेखि साहित्य सृजना, साहित्यिक पत्रिकाको सम्पादन÷प्रकाशन तथा श्रस्टाहरुलाई निरन्तर प्रोत्साहन गर्दै आएका शर्मा र घिमिरेलाई पद्मश्री साधना सम्मान अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

यो सम्मान यसअघि राष्ट्रकवि माधव घिमिरे, आख्यानकार तथा विद्वान मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, आख्यानपुरुष ध्रुबचन्द्र गौतम, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र बरिस्ट साहित्यकार बैरागी काइँलालाई अर्पण गरिसकिएको छ ।

सम्मानबापत अभिनन्दनसहित सम्मानपत्र र संयुक्त रुपमा दुई लाख रुपैंया नगद प्रदान संरक्षक लामिछानेले बताए । उनका अनुसार पुरस्कार तथा सम्मान आगामी कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिनेछ ।

प्रकाशित मिति: १५ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्