मैत्रीपूर्ण भलिबलः बंगलादेशविरुद्ध नेपाल विजयी


 


काठमाडौं, भदौ १५
राजधानी काठमाडौमा भएको नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण भेलिबल खेलमा नेपाल विजयी भएको छ । पहिलो दिनको मत्रैपूर्ण खेल दिनेको नेपालले बुधबार दोस्रो मैत्रीपूर्ण खेलमा पनि आफ्नो पक्षमा पार्यो ।

नेपाल भलिबल संघको आयोजनामा भएको मैत्रीपूर्ण खेलमा नेपालले पहिलो सेट हारेपनि पछिल्ला तीन सेट जतिर ३–२ ले जितेको हो ।

ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा बुधबार भएको खेलमा नेपालले बंगलादेशलाई ३–२ को सेटमा पराजित गर्‍यो। २–१ ले पछाडि परेको अवस्थामा नेपालले चौथो सेट २५–२२ र पाँचौ सेट १५–८ ले जित्दै खेल जितेको हो।

मंगलबार भएको पहिलो खेलमा पनि नेपालले बंगलादेशलाई ३–१ को सेटमा हराएको थियो ।

नेपाल सरकारले भलिवललाई राष्ट्रिय मान्यता दिएपछि मैत्रीपूर्ण खेल आयोजना गरिएको प्रतियोगिताका संयोजक रोशन श्रेष्ठले जानकारी दिए ।

बंगलादेशी टोलीको औपचारिक विदाई
बुधबार मैत्रीपूर्ण भलिबल खेल सम्पन्न भएपछि नेपालले साँझ नै औपचारिक विदाई गरेको छ। डिल्ली बजारस्थित भोजनगृहमा एक विशेष कार्यक्रमको आयोजना गर्दै बंगलादेशी टोलीको बिदाई गरेको हो ।

खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल, टुरिजम बोर्डका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । सो अवसरमा बंगलादेशी टोलीलाई नेपाली कला–संस्कृति देखाइएको संयोजक श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित मिति: १५ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्