यसरी भयो भोजपुरको निर्वाचन क्षेत्र निर्धारण (सबै विबरण सहित)


 


काठमाडौं, भदौ १५
निर्वाचन क्षेत्र निर्धारण आयोगले भोजपुरलाई प्रतिनिधि सभाका लागि एक र प्रदेश सभका लागि दुई निर्वाचन क्षेत्रमा विभाजन गरेको छ । भोजपुरमा यसअघि प्रतिनिधिसभाका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको थियो ।

आयोगले बुधबार सरकारलाई बुझाएको प्रतिवेदन अनुसार जनसंख्याका आधारमा भोजपुर प्रतिनिधिसभाका लागि एउटा निर्वाचन क्षेत्रमा परेको हो ।

प्रदेशसभाका लागि भने भोजपुरमा दुइवटा निर्वाचन क्षेत्र भएको छ । प्रदेशसभाका दुइवटा निर्वाचन क्षेत्र भने पुरानै प्रतिनिधिसभाको भूगोल कायम भएको छ ।

यसका लागि क्षेत्र नं १ अन्र्तगत साल्पा सिलिछो गाउँपापालिका, षडानन्द नगरपालिका र अरुण गाउँपालिकाको पुरै क्षेत्र परेका छन् भने ट्याम्के मैयुङ गाउँपालिकाको वडा नं १ देखी ५ सम्मको क्षेत्र (तिम्मा, छिनामखु, अन्नपूर्ण, नागी र खावा) परेको हो ।

त्यस्तै भोजपुर नगरपालिकाको वडा नं १,२,३,४,५, १० (हेलौछा, सिद्धेश्वर, गुप्तेश्वर, बोेखिम र भैसीपंखा) समेटिएको छ । त्यस्तै पौवादुङ्मा गाउँपाालिकाको वडा नं १ र २ (श्यामशिला र तिवारीभन्ज्याङ) क्षेत्र नं १ मा परेका छन् ।

प्रदेशसभाका लागि क्षेत्र नं २ अन्र्तगत आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसाद राई गाउँपालिकाको सबै भूगोल परेका छन् । ट्याम्के मैयुङ गाउँपालिकाको वडा नं ६,७,८, ९ (कोट, गोगने र लेखर्क) क्षेत्र नं २ मा समेटिएका छन् । त्यस्तै भोजपुर नगरपालिकाको ६,७,८,९,११,१२ (भोजपुर, आम्तेक र टक्सार) समेटिएका हुन् ।

पौवादुङ्मा गाउँपालिकाको वडा नं ३,४,५,६ (च्यांग्रे, बास्तिम, ठूलोदुङ्मा र सानोदुम्मा) क्षेत्र नं २ मा समेटिएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

क्षेत्र निर्धारणको जिम्मा पाएको निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र तय गरेर बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदन अनुसार एक नम्बर प्रदेशमा २८, २ नम्बर प्रदेशमा ३२, ३ नम्बर प्रदेशमा ३३, ४ नम्बर प्रदेशमा १८, ५ नम्बर प्रदेशमा २६, ६ नम्बर प्रदेशमा १२ र ७ नम्बर प्रदेशमा १६ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।

निर्वाचन क्षेत्र निर्धारण आयोगले संघीय संसदका लागि १६५ र प्रदेश सभाका लागि २३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रसहितको प्रतिवेदन सरकारलाई बुझाएको हो ।

यो पनि पढ्नुहोस्

भोजपुरमा यसरी हुँदैछ निर्वाचन क्षेत्र निर्धारण

प्रकाशित मिति: १५ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्