प्रदेश र संसदको निर्वाचन दुई चरणमा गर्ने निर्णय, दोस्रो चरणको निर्वाचन कहिले ?


 



काठमाडौं, भदौ १४
सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर १० र मंसिर २१ गरी दुई चरणमा गर्ने निर्णय गरेको हो ।

यसअघि तीन दलको सहमतीमा सरकारले दुबै चुनाव एकै चरणमा मंसिर १० मा गर्ने निर्णय गरेको थियो । अहिले भने सरकारले निर्वाचन आयोगको सुझावका आधारमा दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो । तर, सरकारले कहिले कुन प्रदेशमा निर्वाचन गर्ने भन्ने खुलाएको छैन । यससम्बन्धि थप निर्णय अर्को बैठकले गर्ने सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता मोहन बस्नेतले जानकारी दिए ।

यस्तै, बैठकले यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा विपद आयोग गठन गर्ने पनि निर्णय गरेको छ । त्यस्तै, बैठकले एसियाली विकास बैंकबाट भन्सार सुधार तथा आधुनिकीकरणका लागि प्राप्त १५ अर्ब ४८ करोड ऋण अनुदान सहायता स्वीकार गर्ने लगायतका निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: १४ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्