सुनको मूल्य घट्यो


 



काठमाडौं, भदौ १४
नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५६ हजार तीन सय रुपैयाँ पुगेको छ । हिजो मात्रै सुन तोलामा अघिल्लाे दिनकाे तुलनामा एक हजार रुपैयाँ बढेर ५६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ । आज पनि चाँदी प्रतितोला सात सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीमा पनि हिजो तोलामा १५ रुपैयाँ बृद्धि भएको थियो ।

प्रकाशित मिति: १४ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्