भैँसीले हान्दा बालिकाको मृत्यु


 



सप्तरी, भदौ १४
सप्तरीको बेल्ही चपेनामा मंगलबार भैँसीले हान्दा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय जगजीवन खंगकी आठ वर्षीया छोरी बुचियाकुमारी खंग रहेको प्रहरीले जनाएको छ ।

बुचिया आफ्नै भैँसी चराउन गाउँदेखि पर चौरमा गएको बेला भैँसीले हान्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । रासस

प्रकाशित मिति: १४ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्