पाँच दिनको काजकिरिया मान्ने नहुने, मुलुकभरका पण्डितले निकाले यस्तो निष्कर्ष


 



काठमाडौं, भदौ १४
मुलुकभरका पण्डितहरुको चौथो राष्ट्रिय सम्मेलनले काजकिरिया (मृताशौच) १३ दिन नै बार्नुपर्ने निष्कर्ष निकालेको छ ।

राष्ट्रिय धर्मशाला नेपालले राजधानीमा आयोजना गरेको दुई दिने सम्मेलनको अन्तिम दिन मंगलबार १२ बुँदे घोषणा जारी गर्दै काजकिरियाका लागि तोकिएको १३ दिनमा कुनै सम्झौता गर्न नमिल्ने निष्कर्ष निकालेको हो । आजको अन्नपूर्णमा खबर छ ।

केही बर्षदेखि विभिन्न धार्मिक एवम सांस्कृतिक आधार देखाएर पाँच दिने काजकिरिया कायम गर्न अभियान सञ्चालन हुँदै आइरहेका बेला यसमा कुनै हलचल नगर्ने निर्णय भएको हो ।

प्रकाशित मिति: १४ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्